आइतबार र सोमबार नेपालमा निरन्तर उकालो चढ्दै २ हजार माथि पुगेको कोरोना संक्रमितको संख्या मंगलबार केही कम हुन पुगेको छ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ५०९ महिला र १०४२ पुरुष गरि थप १५ सय ५१ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार १५ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, काठमाडौंमा २५८ महिला र ५२५ पुरुष गरि ७८३ जना, भक्तपुरमा ४३ महिला र ७३ पुरुष गरि ११६ जना र ललितपुरमा ४९ महिला र ६९ पुरुष गरि ११८ जनामा कोरोना देखिएको हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ं० हजार ८१४ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ।
त्यस्तै मंगलबार २३४० जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ६७,५४२ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
त्यस्तै होम आइशोलेशनमा १३ हजार ५९१ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा ९ हजार जना ११८ रहेका छन्। क्वारेन्टाइनमा ४ हजार २२१ जना रहेका छन् । त्यस्तै हालसम्म १० लाख ९९ हजार २७६ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय