विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै अत्याधिक बढी हुँदा कुल संक्रमितको संख्या अबको २४ घण्टाभित्रै एक लाख कट्ने स्थितिमा पुगेको छ।
पछिल्लो केही दिनयता दुइदेखि तीन हजारको हाराहारीमा रहेको संक्रमितहरुको संख्या विगत २४ घण्टाको अवधिमा अहिलेसम्मकै अत्याधिक अर्थात ४ हजार ३ सय ६४ पुगेको छ। एकै दिन संक्रमित पुष्टि भएको यो नै सबैभन्दा माथिल्लो विन्दु हो।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १५ सय ६१ महिला र २८ सय ३ पुरुष गरि थप ४ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै, काठमाडौं उपत्यकामा थप २५ सय ४० जनामा कोरोना पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ९९ महिला र १२ सय ८६ पुरुष गरि २ हजार ८५ जना, भक्तपुरमा ६९ महिला र ६६ पुरुष गरि १३५ जना र ललितपुरमा १२४ महिला र १९६ पुरुष गरि ३२० जनामा कोरोना देखिएको हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ। त्यस्तै, कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ। यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ५ सय ९० पुगेको छ।
त्यस्तै बिहीबार २६ सय ७५ जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
यसैगरी होम आइशोलेशनमा १४ हजार ९६७ जना रहेकाछन् भने संस्थागत आइशोलेशनमा ११ हजार ७१७ जना रहेकाछन्।
क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन्। त्यस्तै हालसम्म ११ लाख ३१ हजार ९५८ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: बुधबार, असोज २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय