हिमाल दैनिक
केही केन्द्रीय सदस्य तथा पार्टी कार्यालयका सहयोगीलाई समेत कोरोना पुष्टि भएपछि अन्यौलमा परेको नेपाली कांग्रेसको आइतबारका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक अन्ततः स्थगित भएको छ। कार्यालयमा कार्यरत एक सहयोगीमा समेत बिहिबार गरिएको परिक्षणमा पोजेटिभ देखिएपछि कार्यालयका सबै कर्मचारी समेत कन्ट्याक्ट ट्रेसिङमा परेपछि १९ गतेको जस्तै भोलि २५ गतेको बैठक पनि बस्ने सम्भावना थिएन। तर, त्यहीबीचमा पूर्व कोषाध्यक्ष रामवावु प्रसाई (खनुपरुदेप्रकाहा)को शुक्रबार निधन भएपछि उनको निधनप्रति शोक व्यक्त गर्न कार्यालय बन्द गर्ने निर्णयले भोलिको बैठक स्थगित गर्न सहज बनेको। शनिबार अपरान्ह पार्टीले एक विज्ञप्ति जारी गर्दै भोलिको बैठक स्थगित भएको जानकारी दिएपनि अर्को बैठक कहिले बस्ने भन्नेबारे केही उल्लेख गरिएको छैन। कोरोना महामारीका कारण पार्टीको महाधिवेशन कार्यतालिका प्रभावित भएपछि त्यसबारे नयाँ निर्णयका लागि १९ गते बैठक डाकिएको थियो। तर, असन्तुष्ट पक्षले विभिन्न माग अघि सारेपछि त्यसबारे छलफलमा बसेका नेताहरु पनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि उक्त बैठक स्थगित गरी भोलिका लागि तय भएको थियो। यसमा पनि थप केही केन्द्रीय सदस्यका अतिरिक्त नेता तथा कर्मचारीलाई कार्यालयमा खाजा, पानी, चियाको व्यवस्था गरिदिने कर्मचारी नै कोरोना संक्रमित भएपछि पार्टी कार्यालयका सबै कर्मचारी होम आइसोलेशनमा बस्न बाध्य भएका छन्।    
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update