चिकित्सा शिक्षा क्षेत्रको सुधार लगायततका विभिन्न माग राख्दै आमरण अनसनमा बसिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकार उदासिन भएपछि उनको पक्षमा राधानीमा प्रदर्शन भएको छ।
अनसनरत डा केसीको माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै डा केसीका समर्थकहरुले शतिबार माइतिघर मण्डलामा प्रदर्शन गरे।
सोलिडारिटी फर डा केसी अलायन्सले शनिबार माइतिघर मण्डलामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको हो।
उनीहरुले ‘सत्याग्रही मार्न खोज्ने सत्ता धेरै दिन टिक्दैन, जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर, गोविन्द्र केसीको माग पुरा गर, गोविन्द केसीको जीवन रक्षा गर लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै माइतिघरमा धर्ना दिए।
डा केसीको माग सम्बोधन गर्न सरकारद्धारा गठित वार्ता टोली र डा केसी पक्षबीच बिहीबार भएको वार्ता सहमति नजिक पुगिसकेको भनिएपनि शुक्रबार शिक्षा मन्त्री र प्रधानमन्त्रीको निर्देशनमा सरकारी वार्ता टोली पछि हटेको डा केसीका समर्थक तथा वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले बताए।
सरकारले वदनियत पूर्ण तरिकाले डा केसीको जीवन दुर्घटनामा पार्न खोजिरहेको संकेत आफूहरुले पाउको अर्यालले बताए।
अर्यालले डा केसीले राखेका कर्णाली लगायत विकट क्षेत्रमा सरकारी मेडिकल कलेज संचालन गर्ने, शिक्षा शिक्षा ऐन सम्बोधन, वरिष्ठताका आधारमा नियुक्ती गर्नुपर्ने तगायतका माग सम्बोधन नगरेसम्म आफुहरुले आन्दोलन जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।
सरकारले डा केसीका माग सम्बोधन गर्ने मनासाय राखेर वार्ताका लागि बोलाएमा आफुहरु वार्ताका लागि जुनकसुकै समयमा तयार रहेको पनि बताए।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै १९ औं पटक अनसनरत डा केसीको आज अनसनको २७ औं दिन हो। अनसनको अवधि लम्बिदै जाँदा डा केसीको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएको उनको निगरानीमा खटिएका चिकित्सकहरुले जानकारी गराएका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय