नेपालमा कोरोना संक्रमितको संख्या प्रत्येक दिन नयाँ रेकर्ड कायम उच्च अनुपातमा बढिरहेपनि सरकारी निकायको काम तथ्याङ्क र सार्वजनिक गर्ने जस्तो मात्रै देखिएको छ।
विगत २४ घण्टामा देशभरीबाट १९ हजार ३ सय २० जनाको पिसिआर परिक्षण गरिएकोमा ५ हजार ८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ। यो परिक्षण गरिएको संख्याको करिब २५ प्रतिशत भन्दा बढि हो।
यसरी थपिएका नयाँ संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै २ हजार ६ सय ७२ रहेका छन् भने बाँकी उपत्यका बाहिरका रहेको सरकारी तथ्याङ्कले देखाएको छ।
जसमध्ये काठमाडौंका २१ सय, भक्तपुरमा २ सय ३ र ललितपुरका ३ सय ६९ जना संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार, विगत २४ घण्टाको अवधिमा देशभरीबाट १४ जना संक्रमितको निधन भएको छ। योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ६१४ पुगेको छ।
निको भएर घर फर्किनेको संख्या भने १२ सय २९ जनामा मात्रै सिमित भएको छ। यसरी हालसम्ममा नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ जसमध्ये अहिलेसम्म ७४ हजार २ सय ५२ जना निको भएर घर फर्किएका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय