हिमाल दैनिक
जडिबुटी केन्द्रद्वारा कोरोनाको औषधी तयार पारेको दाबी
Jadibuti kendra's rokaya
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको भरपर्दो औषधी बजारमा नआउँदा आम मानिस आतंकित भइरहेका बेला नेपालको जडिबुटी अनुशन्धान तथा प्रशोधन केन्द्रले कोरोनाबाट संक्रमितलाई तीन दिनभित्रै खतरामुक्त राख्ने र ८ दिनभित्रै कोरोनाबाट मुक्त गर्ने आयुर्वेदिनक औषधी तयार पारेको दाबी गरेको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर केन्द्रका अध्यक्ष शिवलाल रोकायाले केन्द्रले तयार पारेको आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको दाबी गरे। अहिले विश्व कोभिड–१९ बाट आक्रान्त बनेको र यसबाट नेपाल पनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले कोरोना नाशक चुर्ण आयुर्वेदिक औषधीले कोरोना संक्रमितहरुलाई निको पारेको उनले बताए। उनले संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको दावी समेत गरे। रोकायाका अनुसार कोरोना नाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वन तोरीलगायतको समिश्रण गरी तयार पारिएको छ।  
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update