हिमाल दैनिक
नेपालमा मंगलबार थप तीन हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको भने थप १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप तीन हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको हो। सोमबारको तुलनामा संक्रमितको संख्या केही घटेपनि मृत्यु हुनेको संख्या पनि निरन्तर उकालाे लाग्ने क्रममा छ। त्यस्तै काठमाडौं उपत्यकामा थप २१ सय २९ जनामा कोरोना पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार, काठमाण्डौमा एक हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय २६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ। त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना कारण ज्यान गुमाउनेको संख्या ६ सय ६३ पुगेको छ। त्यस्तै मंगलबार थप १५०३ जना डिष्चार्ज भएका छन्। यो संगै नेपालमा कोरोना निको हुनेको संख्या ७८ हजार ७८० पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। त्यस्तै होम आइशोलेशनमा २० हजार ८६७ जना रहेका छन् भने संस्थागत आइशोलेशनमा १५ हजार ४८ जना रहेका छन्। यसैगरी क्वारेन्टाइनमा ४ हजार ७९५ हजार जना रहेका छन्। त्यस्तै हालसम्म १२ लाख ७ हजार ९१ वटा पिसिआर भएको मन्त्रालयले जनाएको छ। संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सरकारले उपत्यकाका सबै सरकारी अस्पतालहरुलाई कोरोना अस्पतालमा परिणत गर्दै नियमित शल्यक्रिया नगर्न निर्देशन दिइसकेको छ।  
प्रकाशित मिति: सोमबार, असोज २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update