कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ।
यसरी मृत्यु हुनेमा पोखरा, चितवन र मोरङका एक महिला र दुई पुरुष रहेका छन्।
यही असोज २६ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जाको भिरकोट नगरपालिका–२ का ५२ वर्षीय महिलाको बुधबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक अर्जुन आचार्यले जानकारी दिएका छन्।
आचार्यका अनुसार, उक्त अस्पतालमा अहिलेसम्म उपचारका क्रममा १३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय २७ पुगेको छ। प्रदेशमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोदविन्दु शर्माले बताए।
थपिनेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ६ जना, तनहुँका दुई जना, स्याङ्जा तथा लमजुङका १/१ जना छन्।
यसैगरी चितवनबाट प्राप्त समाचार अनुसार, कोरोनाबाट एकजना पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै
आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो।
उता मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ। बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार राति मृत्यु भएको आइसोलेसन प्रमुख सुनिल देवले बताए।
मृत्यु भएका पुरुषलाई यही असोज १५ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि आइसोलेसनमा राखेर उपचारका गरिएको थियो। तर, श्वासप्रश्वास र मृृगौलाको समस्याबाट पीडित दीर्घ रोगीको आज निधन भएको हो।
्
प्रकाशित मिति: मंगलबार, असोज २७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय