हिमाल दैनिक
पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ३६५ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा त्यहाँ ८३३ जनाको ज्यान गएको छ। हिजो भारतमा ६७ हजार ९८८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको थियो। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १२ हजार १४४ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। हालसम्म भारतमा ६४ लाख ४८ हजार ५४५ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ आठ लाख चार हजार ७४६ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update