हिमाल दैनिक
फ्रान्समा एकैदिन ३० हजार बढी संक्रमित, राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा कर्फ्यु
corona-france
फ्रान्समा बिहीबार एकै दिन ३० हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बीबीसीका अनुसार ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । बुधबार २२ हजार ५९१ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातिमा कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ । यो बन्देज कम्तिमा चार हप्तासम्म रहने बताइएको छ । राष्ट्रपति इमानुयल म्याक्रोले दैनिक संक्रमितको संख्यालाई ३ हजारभन्दा कम गराउने कोशिस गरिरहेको बताएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणबाट मानिसहरुको ज्यान जोगाउन कडा प्रतिबन्धहरु लगाउन अत्यन्त आवश्यक रहेको बताएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update