रुपन्देहीमा थप १ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्युु भएको छ ।
बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको हो ।
अस्पतालकाअनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिला छन् ।
सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाइ सोमबार नै आईसीयूमा राखेर उपचार भइरहेकामा आज विहान ५ बजेर १० मिनेटमा ती महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले जानकारी दिए ।
उनलाई मधुमेह रोग रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय