हिमाल दैनिक
भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ५९३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १५ हजार २३५ पुगेको छ । यस्तै त्यहाँ पछिल्लो २४ घण्टामा ४६ हजार ४६ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ९४ हजार २८४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ३० हजार ३७९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार ६७० जनाको उपचार भइरहेको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update