हिमाल दैनिक
कोरोनाका कारण क्यान्सर बिरामीको मृत्यु
bharatpur-covid-19-lab
कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् । उनको चितवन मेडीकल कलेजमा आज दिउँसो ४ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमानै बसेर उपचार गराई रहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update