हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन बेड अर्थात हाई डिपेन्डेन्सी युनिटका लागि अस्पतालहरु छनोट गरेर रकम पठाउन सुरु गरेको छ । बिहिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरमा ३ हजार ५ सय हाई डिपेन्डेन्सी युनिट थप्न अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई ४ अर्ब २५ करोड २७ लाख २० हजार रुपैयाँ दिएको जानकारी दिएका हुन् । उनले उपत्यकाको त्रिवि शिक्षण, पाटन र वीर अस्पतालमा १-१ सय अक्सिजन वेड थपिने बताए । यस्तै परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, नेपाल पुलिस अस्पताल, कीर्तिपुर आयुर्वेद अनुसन्धान केन्द्र, धुलिखेल अस्पताल, दहचोक अस्पताल, निजामती अस्पताल, वीरेन्द्र अस्पताल र सशस्त्र प्रहरी अस्पतालमा ५०÷५० हाई डिपेन्डेन्सी युनिट थपिने प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै २५/२५ वटा अक्सिजन बेड थप्न नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल, किस्ट अस्पताल, कान्ति अस्पताल, नरदेवी अस्पताल, मानसिक अस्पताल, मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, गंगालाल हृदयरोग केन्द्र, चापागाउँ अस्पताल, भक्तपुर नगरपालिका अस्पताल, भक्तपुर अस्पताल, सुमेरु अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, मेडिसिटी अस्पताल, ह्याम्स अस्पताल, ग्राण्डी अस्पताल, अल्का अस्पताल छनोट भएका छन् । उपत्यका बाहिर हरेक प्रदेशका तीन तीन अस्पतालमा २५÷२५ हाई डिपेन्डेन्सी युनिट थपिने भएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update