नेपालमा शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ४ हजार ४९९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा शुक्रबार राखिएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा थप २ हजार ७२० जनामा कोरोना देखिएको छ ।
जसमध्ये महिला १ हजार ९२ जना छन् भने पुरुष संक्रमित १ हजार ६२८ जना रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार ८ जना पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ८ सय २९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार ६६८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख ५ हजार ४८८ जना संक्रमित निको भएका छन् ।
हाल सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ । हाल क्वारेन्टाइनमा ३ हजार ५९० जना छन् भने नेपालमा हालसम्म १३ लाख ६७ हजार १६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय