हिमाल दैनिक
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाबाट बच्न जनस्वास्थ्यको मापदण्ड पालना गर्दै दशैं मनाउन अपिल गरेका छन् । नेपालीहरुको महान चाड बडा दशैंको अवसरमा शुक्रबार भिडियो सन्देश मार्फत शुभकामना दिदै स्वास्थ्य मन्त्री ढकालले अघिल्ला वर्षहरुमा भव्यताका साथ दशैं मनाउने गरेको भएपनि यसवर्ष कोरोना महामारीको समय भएकाले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै सिमित रुपमा दशैं मनाउन अपिल गरेका हुन् । मन्त्री ढकालले मास्कको प्रयोग, भौतिक दुरी कायम गर्ने तथा साबुनपानीले हात वा स्यानिटाइजरको प्रयोग नै कोरोना रोकथामको प्रभावकारी उपाय भएको भन्दै यस्ता उपायलाई पालना गर्न पनि आग्रह गरे । संविधानमा मौलिक हकको रुपमा रहेको स्वास्थ्य सेवा प्रवाहका लागि सरकारले निरोगी नेपाल निर्माण अभियानका साथ काम अघि बढाएको भन्दै नागरिकको जीवनरक्षाको लागि सरकार प्रतिवद्ध रहेको पनि बताए । मन्त्री ढकालले सरकार सधै आम नागरिकको साथमा रहेकाले महामारीको समयमा जनता र सरकारबीच बलियो विस्वासिलो एकता स्थापित गर्न जरुरी रहेको पनि बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update