प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमित बिरामीले उपचार खर्च बेहोर्न नसकेमा र अस्पतालले पनि उपचार खर्च नबेहोरेमा संक्रमितको उपचार सरकारले गर्ने बताएका छन् ।
शुक्रबार भिडियो सन्देश मार्फत देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले कुनै पनि विपत्तिमा जनताको जीउधनको रक्षा गर्नु सरकारको निशर्तः दायित्व रहेको बताए । सरकारले कोरोना भाइरसको परीक्षण र उपचारको यथोचित प्रबन्ध गर्ने पनि जानकारी दिए ।
यो पनि पढ्नुहोस्:
कोरोना संक्रमणलाई लिएर सरकारको आलोचना भएकोप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले ती अफवाह समयसँगै हराएर जाने उल्लेख गरे । उनले पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयलाई लिएर भएको आलोचनाको प्रतिरोध गर्दै संक्रमितका परिवार र अस्पतालले उपचार गर्न नसक्ने भएमा सरकारले गर्ने घोषणा गरेका हुन् । उनले सरकार आफ्नो दायित्वबाट पछि नहट्ने आश्वासन दिए । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कात्तिक २ गतेको नियमित पत्रकार सम्मेलनमा कोरोनाका विरामीको उपचार अबदेखि सरकारले नगर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले यस वर्ष दसैँ मान्दा विगत वर्षमा भन्दा निकै होशियार भएर र सामाजिक दूरी कायम गरेर मान्न पनि देशवासीलाई आग्रह गरे ।
यो पनि पढ्नुहोस्:
संक्रमण नियन्त्रणमा असफल सरकार भन्छ: मृत्यु दर ०.६% भन्दा माथि गएन |
कोरोना संक्रमणलाई लिएर सरकारको आलोचना भएकोप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले ती अफवाह समयसँगै हराएर जाने उल्लेख गरे । उनले पछिल्लो समय सरकारले कोरोना संक्रमितको उपचार नगर्ने निर्णयलाई लिएर भएको आलोचनाको प्रतिरोध गर्दै संक्रमितका परिवार र अस्पतालले उपचार गर्न नसक्ने भएमा सरकारले गर्ने घोषणा गरेका हुन् । उनले सरकार आफ्नो दायित्वबाट पछि नहट्ने आश्वासन दिए । यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कात्तिक २ गतेको नियमित पत्रकार सम्मेलनमा कोरोनाका विरामीको उपचार अबदेखि सरकारले नगर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले यस वर्ष दसैँ मान्दा विगत वर्षमा भन्दा निकै होशियार भएर र सामाजिक दूरी कायम गरेर मान्न पनि देशवासीलाई आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय