जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आफ्नो ट्वीटरमार्फत उनले र उनकी पत्नी हिसिला यमीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
उनका अनुसार भट्टराई दम्पतिले कार्तिक ७ गते स्वाब परिक्षण गरेका थिए। चिकित्सकहरूको सल्लाह बमोजिम अहिले दुवै जना होम आइसोलेसनमा बसेका छन्। त्यस्तै उनले केही समय यता सम्पर्कमा आएकाहरुलाई पनि सतर्कता अपनाउनुहुन विशेष अनुरोध गरेका छन्।
https://twitter.com/brb1954/status/1319832161780854784
असोजको अन्तिम सातामा भट्टराई, उपेन्द्र यादव, प्रदेश २ का मुख्यमन्त्री सहित पार्टीका अन्य नेता तथा कार्यकर्ताहरु पर्साको सखुवा पर्सौनी र ठोरी गाउँपालिकामा बेग्लाबेग्लै स्थानमा पार्टी प्रवेश कार्यक्रम गरेका थिए ।
उक्त कार्यक्रमबारे पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता भट्टराईले गर्वका साथ आफ्नो ट्वीटर र फेसबुकमा फोटोसहित लेखेका छन्, ‘पर्सा जिल्लाका सखुवा पर्सौनी गापा र ठोरीमा भएका अलगअलग कार्यक्रमहरुमा नेका, नेकपा लगायतका पार्टी परित्याग गरी १५०० बढी नेता÷कार्यकर्ता जसपामा प्रवेश! राजनीतिक ध्रवीकरण तीब्र बन्दै!’ उक्त कार्यक्रमको तस्बिर: [gallery ids="24681,24679,24682,24678"]
जिम्मेवार नेताको गैरजिम्मेवारीपूर्ण हर्कतः भट्टराई, यादव र मुख्यमन्त्री नै कानूनको धज्जी उडाउन, जनस्वास्थ्यमाथि खेलवाड गर्न व्यस्त |
उक्त कार्यक्रमबारे पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता भट्टराईले गर्वका साथ आफ्नो ट्वीटर र फेसबुकमा फोटोसहित लेखेका छन्, ‘पर्सा जिल्लाका सखुवा पर्सौनी गापा र ठोरीमा भएका अलगअलग कार्यक्रमहरुमा नेका, नेकपा लगायतका पार्टी परित्याग गरी १५०० बढी नेता÷कार्यकर्ता जसपामा प्रवेश! राजनीतिक ध्रवीकरण तीब्र बन्दै!’ उक्त कार्यक्रमको तस्बिर: [gallery ids="24681,24679,24682,24678"]
प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय