पोखरामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको अध्यावधिक विवरण अनुसार पछिल्लो दुई दिन यता ३ पुरुष र १ महिलाको कोरोनाबाट मृत्यु भएको हो।
मृत्यु हुने पोखरा महानगरपालिका-१५ का ५२ बर्षीय महिला, पोखरा महानगरपालिका-१ का ४२ बर्षीय पुरुष, पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय पुरुष र पोखरा महानगरपालिका-३१ का ५८ बर्षिय पुरुष रहेका छन्।
पोखरा वडा नं १ का ४२ बर्षिय पुरुष कार्तिक ७ गते बेलुका चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको निर्देशनालयले जनाएका छन्। उनीलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो। न्यूमोनियाको समस्या देखिएसंगै कार्तिक ३ गते उनमा कोरोनाको संक्रमण देखिएको थियो।
त्यस्तै पोखरा वडा नं २२ का निवासी ६८ बर्षीय पुरुषमा पनि न्यूमोनिया देखियो निर्देशनालयले जनाएको छ। परिक्षण गर्दा उनको कार्तिक ६ गते कोबिड रिपोर्ट पोजेटिभ आएको थियो। कोबिड पोजिटिभ देखिएपछि उनलाई कार्तिक ७ गते गण्डकी मेडिकल कलेज भर्ना गरिएको थियो। उपचारत उक्त पुरुषको ८ गते बिहान ०९:३० बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ।
पोखरा वडा नं ३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषमा पनि कोभिड-१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या देखिएको थियो। करित्क ७ गते कोबिड पोजेटिभ देखिएपछि उनलाई सोहि दिन पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो। आई.सि.युमा उपचारत उनको कार्तिक ८ गते दिउसो ४:२५ मृत्यु भएको निर्देशनालयले जनाएको छ।
त्यस्तै पोखरा वडा नं १५ का संक्रमित महिला न्यूमोनियाकै लक्षण थियो। उनको कार्तिक ८ गते कोबिड पोजेटिभ देखिएको थिए संगै उनलाई सोधी दिन अस्पताल भर्ना गरिएको थियो। आई.सि.यु. मा उपचारका क्रममा उनको ८ गते नै मृत्यु भएको निर्देशनालयले जनाएको छ। तीन शबको व्यवस्थापन भइसकेको र महिलो शब भने ब्यबस्थापनको तयारी भैरहेको निर्देशनालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय