हिमाल दैनिक
नेपालमा आइतबार थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ८ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा आइतबार राखिएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा थप १ हजार ५ सय ३५ जनामा कोरोना देखिएको छ । जसमध्ये महिला ६ सय २९ जना छन् भने पुरुष संक्रमित ९ सय ६ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा १ हजार २ सय २५ जना, भक्तपुरमा १ सय ६३ जना र ललितपुरमा १ सय ४७ कोरोना थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ८ सय ४७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतबार थप ३ हजार ३३६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख ११ हजार ६७० जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ जना रहेको छ । हाल क्वारेन्टाइनमा ३ हजार ६४ जना छन् भने नेपालमा हालसम्म १३ लाख ९३ हजार १७३ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा जम्मा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएका छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update