सरकारले अब कोबिड अपडेट हप्ताको दुई दिन मात्र गर्ने भएको छ। दशैंको बिदापछि बुधबारबाट सुरु भएको कोरोना भाइरसको मिडिया ब्रिफिङ अब हप्ताको दुई दिन मात्र हुने भएको हो।
कोरोना भाइरसको अपडेटबारे स्वास्थ्य मन्त्रालयले नियमित रुपमा मिडिया ब्रिफिंग गर्दै आइराखेको थियो। मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अबदेखि आइतवार र बुधबार मात्रै ब्रिफिंग हुने जानकारी दिए। उनले भने,'अबदेखि आइतवार र बुधबार मात्रै साविककै (अपरानह ४:३० बजे) कोरोनाबारे मिडिया ब्रिफिङ हुनेछ ।'
उनले अन्य पाँच दिन अपरानह ४:३० बजे कोभिड-१९ सूचना दिन खोलिएको वेबसाइट,ट्विटर, फेसबुक र भाइबरमा अपलोड गरिने जानकारी दिए।
पछिल्लो २४ घण्टामा देशभर थप १९ सय ५४ सय जनामा कोरोना पुष्टि भएको छ भने ११ जनाको मृत्यु भएको छ। यस संगै नेपालमा संक्रमितको संख्या एक लाख ६२ हजार ३५४ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय