
सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना संक्रमण देखिएको छ ।
उक्त कुराको पुष्टि लामिछानेले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत गरेका हुन्। उनलाई मंगलबार राति देखि हल्का ज्वरो आएपछि परिक्षण गर्दै दुवै दम्पतिमा नै संक्रमण देखिएको उनले जानकारी दिए।
अहिले दुवै जनाको अवस्था सामान्य रहेको र अहिले घरमै होम आइसोलेसनमा बसेको लामिछानेले बताए।
उनले लेखेका छन्,'त मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो पिसिआर टेष्ट गर्दा, म र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ। घरमा हामी दुई मात्र छौ त्यसैले धेरै समस्या छैन तर घरमा बृद्धअबश्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं।'
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय