हिमाल दैनिक
नेपालमा बिहिबार थप २ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २ हजार ३ सय ६४ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा बिहिबार राखिएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा थप १६ सय १५ जनामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १३ सय ३८ जना, भक्तपुरमा ९७ जना र ललितपुरमा १ सय ८० जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ९ सय ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहिबार थप ३ हजार ३८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख २४ हजार ८ सय ६२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय ५२ जना रहेको छ । हाल क्वारेन्टाइनमा २ हजार ६ सय ८९ जना छन् । नेपालमा हालसम्म १४ लाख १९ हजार ६४ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update