हिमाल दैनिक
गण्डकी प्रदेशमा शुक्रबार थप २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्ति अनुसार पोखरामा १८७ जना, नवलपुरमा २७ जना, लमजुङमा ४, म्यादीमा ३ , बागलुङमा ९, तनहुँमा २०, स्याङजामा ३, पर्वतमा १० र गोरखा ४ गरि २६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा थप एक जनाको मृत्यु भएको छ । बाग्लुङ जिल्ला, गल्कोट नगरपालिका ३ का ७२ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । उनको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा निधन भएको अस्पतालले जानकारी दिएको छ । त्यसै गरी पोखरा महानगरपालिका १५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको शुक्रबार बिहान होम आईसोलेसनमा मृत्यु भएको छ । उनलाई कात्तिक १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो। त्यसै गरी स्याङ्जा जिल्ला, वालिङ ५ का ७० बर्षीय महिलाको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा निधन भएको छ । उनको कात्तिक ९ गते विहान कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा ७ हजार ३ सय १६ जनामा पुगेका छ। त्यस्तै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । अहिले सम्म ४ हजार १ सय ४६ जनामा निको भएर घर फर्किएका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update