नेपालमा शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३ हजार ५ सय १७ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको आधिकारिक वेबसाइटमा शुक्रबार राखिएको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा थप १८ सय ८८ जनामा कोरोना देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय ४९ जना कोरोना संक्रमति थपिएका छन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ९ सय २० जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार थप ४ हजार ९६ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म १ लाख २८ हजार ९ सय ५८ जना संक्रमित निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३ सय ५७ जना रहेको छ । हाल क्वारेन्टाइनमा २ हजार ६ सय ६६ जना छन् । नेपालमा हालसम्म १४ लाख ३४ हजार ५३ वटा नमुना पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय