हिमाल दैनिक
नेपालमा सोमबार थप २९३३ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप २९३३ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । सोमबार थप ३१५० जना डिष्चार्ज भएका छन् भने हालसम्म १ लाख ३७ हजार ९९२ जना डिष्चार्ज भएका छन् । कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । हाल आइशोलेशनमा ३७ हजार ३२४ रहेका छन् भने क्वारेन्टाइनमा २११९ जना रहेका छन् । हालसम्म १४ लाख ६९ हजार ८१२ वटा पिसिआर गरिएको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update