युकेका प्रधानमन्त्री बोरिस जोन्सनले जाडोको मौसममा कोरोना भाइरसले मृत्यु हुनेको संख्या पहिलो लहरभन्दा दुई गुना बढ्ने चेतावनी दिएका छन्। युकेमा कोरोना भाइरसको दोश्रो लहर देखिएपछि त्यहाँको सरकारले दोश्रो पटक लकडाउन गरेका छन्। सरकारले कोरोना नियान्त्रण गर्न थप चार हप्ता कडा लकडाउन गर्ने निर्णय गरेको हो। हाउस अफ कामन्समा दिएको भाषणमा जोन्सनले कोरोना नियन्त्रण गर्न लकडाउन बाहेक अन्य कुनै बिकल्प नरहेको बताए।
युरोपमा सबैभन्दा बढी कोरोनाबाट मृत्यु हुनेको संख्या युके हो । युकेमा एकै दिनमा २० हजार भन्दा बढी नयाँ संक्रमण देखिएको छ। युकेका बैज्ञानिकले यस जाडोमा कोरोना थप सक्रिय हुने र यसबाट मृत्यु हुनेको संख्या ८० हजार नाघ्ने चेतावनी दिएका छन्। त्यहाँ संक्रमितको संख्या १० लाख पुगिसकेको छ।
त्यस्तै रुममा पनि १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन् जसमध्य ४ हजार ७९६ संक्रमित रुसको राजधानी मस्कोमा देखिएको छ । रुसमा संक्रमित को संख्या १६ लाख ५५ हजार ३८ पुगेको छ। पछिल्लो २४ घन्टामा २३८ जना र अहिलेसम्म कुल २८ हजार ४७३ को मृत्यु भएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय