हिमाल दैनिक
कोरोना भाइरसको संक्रमण फ्रान्समा बढ्दै गएको छ। फ्रान्समा सोमबार ५२ हजारमा संक्रमण देखिएको छ। पछिल्लो समय युरोपमा कोरोनाको दोश्रो लहर आएको छ जसका कारण युरोपका कैयौ राज्यहरुमा संक्रमण बढ्दै गएको छ। संक्रमण बढ्दै गएपछि फ्रान्सले एक हप्ता अघि दोश्रो लक डाउनको घोषणा गरेको थियो । सरकारले लक डाउन गरेपनि संक्रमणको दर भने दिन प्रतिदिन बढ्दै गएको छ । सोमबार फ्रान्समा ५२ हजार ५१८ जनामा संक्रमण देखिएको छ भने एक हजार भन्दा बढी संक्रमितहरुको अवस्था गम्भीर छ । संक्रमण बढे पनि फ्रान्समा सर्वसाधारणहरुले लकडाउनको बिरोध गरेका छन्। उनिहरुले लकडाउन गरेपनि संक्रमण बढेको भन्दै तत्काल संक्रमण हटाउन माग गरेका छन्। अहिलेसम्म फ्रान्समा करिब १५ लाख जनामा कोरोनाको संक्रमण देखिसकेको छ। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update