पोर्चुगलमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न आपतकालीन घोषणा गर्ने तयारी गरिरहेको छ । पछिल्लो समय यूरोपमा संक्रमण बढ्दै गएपछि फ्रान्स, स्पेन लगायतका राष्ट्रहरुले पूर्ण लकडाउन गरेको छ ।
पोर्चुगलमा पनि संक्रमण बढ्दै गएपछि पोर्चुगल सरकारले आपतकालीन घोषणा गरेर लकडाउन गर्ने तयारी गरिराखेको अन्त राष्ट्रिय संचार मध्यमले जनाएको छ ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो युरोपेली राष्ट्रहरुमा कोरनाको दोश्रो लहर खतरनाक सावित भएका कारण पोर्चुगलमा लकडाउन गर्ने वा नगर्ने भन्नेमा छलफल भईराखेको जानकारी दिए। त्यस्तै प्रधानमन्त्री एतोनियो कोस्टाले संक्रमण बढ्दै गएको र यसलाई चाडै नै नियन्त्रण न गरे पहिले भन्दा भयावह स्थिति हुने बताए। एजेन्सीको सहयोगमा
प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय