हिमाल दैनिक
नेपालमा मंगलबार थप २७३६ जनामा कोरोना देखिएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १०५९ महिला र १६७७ गरि थप २७३६ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा ११४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३ गरि १४२० जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ भने हालसम्म ११४८ जनाको कोरोनाका कारण निधन भएको छ । नेपालमा थप ८५३ जना कोरोना मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टाइनमा १०५८ जना रहेका छन् भने हालसम्म १५ लाख ६४ हजार २१४ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update