
नेपालीहरुको मुख्य चाड तिहार नजिकिएसंगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको भिड बढेपछि कोरोनाको संक्रमणको थप जोखिम देखिएको छ ।
बजारमा सामाजिक र भौतिक दूरी कायम हुन नसक्दा संक्रमणको थप जोखिम देखिएको हो । काठमाडौंमा विशेषगरी असन, भोटाहिटी, न्युरोड, इन्द्रचोक लगायतका मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढेको छ ।
बजारमा सामाजिक र भौतिक दूरी कायम हुन नसक्दा संक्रमणको थप जोखिम देखिएको हो । काठमाडौं उपत्यकामा दैनिक रुपमा एक हजार भन्दा बढि कोरोना संक्रमित थपिदै आएका छन् ।
प्राय सधैं भिडभाड भइरहने काठमाडौंको असन बजार तिहार नजिकिएसंगै झनै भिडभाड देखिन्छ । विभिन्न सरसामानको किनमेल गर्न सर्वसाधारणको भिड लागेको छ ।
भान्सादेखि पूजाकोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानमा चाडपर्वको समयमा झनै भिडभाड हुने गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय