पोखरामा कोरोना भाइरस संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय पोखराको पछिल्लो विवरण अनुसार, पोखरा महानगरपालिका वडा नम्बर ३ का ८३ वर्षीय वृद्धको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। कार्तिक २९ गते उनमा कोरोना पुष्टि भएको थियो।
त्यस्तै पोखरा १७ की ७८ वर्षीय महिलाले पनि कोरोनाबाट ज्यान गुमाएकी छिन् । पोखरा मणिपाल शिक्षण अस्पताल उपचारत उनको मंगलबार राति मृत्यु भएको हो । उनलाई कार्तिक २७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय २६ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय