नेपालमा बिहीबार थप २१०३ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने हालसम्म कोरोनाका कारण नेपालमा १२७६ जनाको मृत्यु भएको छ ।
त्यस्तै बिहीबार २८५८ संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा १ लाख ८५ हजार ६३८ संक्रमित निको भएका छन् ।
हाल आइशोलेशनमा रहनेको संख्या २८ हजार १०६ जना छन् भने ७६७ जना क्वारेन्टाइनमा छन् । हालसम्म १६ लाख ३३ हजार ५५९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय