हिमाल दैनिक
भारतद्वारा नेपाललाई २ हजार थान रेम्डिसिभर प्रदान
Remdesivir
कोरोनाको उपचारका लागि भारत सरकारले नेपाललाई २ हजार थान रेम्डिसिभर इन्जेक्सन् प्रदान गरेको छ। सिंहदरबारमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई उक्त रेम्डिसिभर इन्जेक्सन् हस्तान्तरण गरे। लामो समयदेखि सीमा विवादमा अल्झिएर चिस्सिएको दुई देशबीचको कुटनीतिक गतिरोधलाई तोड्दै बिहिबार नेपालको दुई दिने भ्रमणमा आएका विदेश सचिव श्रृंगलाले कोरोना रोकथाम र नियन्त्रणका लागि नेपाललाइ सदैव सहयोग गर्ने बताए। विश्वका कतिपय देशहरुमा कोरोना भ्याक्सीनको परिक्षण भइरहेको भन्दै उनले भ्याक्सिन आम रुपमा उपलब्ध भए भारतले सवैभन्दा पहिले नेपाललाई प्रदान गर्ने आश्वासन पनि दिए। उनले नेपाल र भारतको दुईपक्षीय सम्बन्ध सम्भयतासँग जोडिएको भन्दै थप प्रगाढ रुपमा सम्बन्ध अघि बढाउने जिकिर गरे। त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीले कोरोना लगाएत अन्य जस्तोसुकै चूनौतिलाई प्ररास्त गर्न पनि दुईदेश एक भएर अघि बढने बताए। नेपाल भारतको सम्बन्ध समयअनुसार परिवर्तन गर्दै बलियो बनाउनु पर्ने उनले बताए। त्यसअघि बिहीबार नै मन्त्री ज्ञवालीसंग सचिव श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका थिए।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update