हिमाल दैनिक
नेपालमा आइतबार थप १२५५ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा काठमाडौं उपत्यकामा ५४८ सहित १२५५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १४७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १४०४ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख १३ हजार ५९० जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९० दशमलव ६ रहेको मन्त्रालले जनाएको छ । नेपालमा हाल १७ हजार ९०९ जना आइशोलेशनमा छन् भने ६३२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख २७ हजार ८३६ वटा पिसिआर गरिएको छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update