नेपालमा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १ हजार २४ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणका कारण थप १० जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५७७ पुगेको छ ।
नेपालका थप २२०६ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख २४ हजार ५३ कोरोनामुक्त भएका छन् ।
त्यस्तै हाल १४ हजार २५५ जना आइशोलेशनमा छन् भने ५३६ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म १७ लाख ७८ हजार २४ वटा कोरोना परिक्षण गरिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय