हिमाल दैनिक
नेपालमा आइतबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नेपालमा आइतबार थप १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । आइतबार थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४८४ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ । त्यस्तै कोरोना संक्रमणका कारण थप १७ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५९४ पुगेको छ । आइतबार थप १७५२ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख २५ हजार ८०५ जना कोरोनामुक्त भएको प्रवक्ता डा गौतमले बताए । त्यस्तै हाल १३ हजार ५८२ जना आइशोलेशनमा छन् भने ५३६ जना क्वारेन्टाइनमा रहेका छन् । हालसम्म १७ लाख ८४ हजार ५१९ वटा कोरोना परिक्षण गरिएका छन् ।
प्रकाशित मिति: शनिबार, मंसिर २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update