
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको शुभारम्भ गरेसंगै मुलुकभर खोप कार्यक्रम लगाउन सुरु गरिएको छ । बुधबार बिहान शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले पहिलो खोप लगाए । त्यस्तै अस्पतालका डा अनुप बास्तोला लगायत अन्य स्वास्थ्यकर्मी, कर्मचारी लगाएतले पनि कोरोनाबिरुद्धको खोप लगाएका छन् ।
https://youtu.be/nxASRru1hj8
खोप लगाएपछि सरुवा रोग अस्पतालका निर्देशक भण्डारीले नेपालमा पहिलो खोप लगाउन पाउदा खुसी लागेको बताए । यो इन्फ्लुएन्जा खोप जस्तै भएको भन्दै डराउनुपर्ने कुरा नरहेको उनले स्पष्ट पारे । स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउन उनले आग्रह गरे ।
कोरोना आएको एकबर्षदेखि नै कोरोना बिरामीको व्यवस्थापन गर्दै आएको भन्दै उनले कोरोना खोप भित्रनु नेपालको लागी सुखद बिषय भएको तर्क गर्नुभयो । १८ बर्षभन्दा कम, एलर्जी र गभर्वती भएका व्यक्तिहरुले खोप लगाउन नहुने उनले बताए ।
नेपालमा पहिलोपटक २०७६ माघ ९ गते चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । स्वास्थ्य मन्त्रालयले पहिलो चरणको खोप अभियान शुरु गरेको १० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
यस चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ । खोप फोहरमैला व्यवस्थापनमा खटिने फोहर सङ्कलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्तिलाई दिइने छ ।
त्यस्तै महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धााश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी तथा कारागारमा रहेका कैदी र सुरक्षाकर्मीले खोप लगाउन पाउने मनत्रालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय