हिमाल दैनिक
आज देशभरिकै मौसम सफा रहने
weather
आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती  प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले पूर्वानुमान गरेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा भने फाट्टफुट्ट पानी पनि पर्न सक्ने मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update