हिमाल दैनिक
तीनकुनेको खाली जग्गामा १५ सय बोट गुर्जो रोपाई
gurjo
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५ सय बोट गुर्जोको विरूवा रोपेको छ । महाशाखाले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै उपयोगी भएकाले तीनकुनेको खाली जग्गामा गुर्जोको विरुवा रोपेको जनाएको हो । प्रहरीले शनिवार उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा समेत ५ बोटका दरले गुर्जोको विरूवा रोपिएको छ । शनिबार एक कार्यक्रमका वीच महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भिम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवा रोपिएको हो । गुर्जोको विरुवा रोप्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रखुख एसएसपी भिम प्रसाद ढकालले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको सेवन प्रभावकारी भएको भन्दै महाशाखाले उपत्यकाका खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरुमा गुर्जोको विरुवा रोप्ने कामको थालनी गरिइको बताए । उहाँले फ्रन्ट लाइनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग सम्पर्कमा हुनुपर्ने भएकाले कोरोना संक्रमणको जोखिम उच्च रहेको बताए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update