हिमाल दैनिक
खुलामञ्चमा भोका नागरिकलाई खाना खुवाउने कार्यक्रमले निरन्तरता
tidhukhel-khana
काठमाडौं महानगरपालिकाको विरोधका बाबजुत काठमाडौंको खुलामञ्चमा भोका नागरिकलाई खाना खुवाउने कार्यक्रमले निरन्तरता पाएको छ । बुधबार साझा पार्टी, हन्ड्रेड ग्रुप लगाएतले खुलामञ्चमा खाना बितरण गरेको हो । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन रोक्ने जनाएपछि साझा पार्टीले खाना वितरणलाई निरन्तरता दिएको बाग्मती प्रदेश सांसद एवं साझा पार्टीका केन्द्रीय सदस्य शोभा शाक्यले जानकारी दिए । यसअघि मंगलवार पार्टीले बुधवार बिहान र साँझको खाना आफ्नो खर्चमा पार्टीका स्वयंसेवी परिचालन गरेर खुवाउने घोषणा गरेको थियो । शाक्यले भोका नागरिकलाई खाना खुवाउने कार्यलाइ रोक्न नहुने बताए । यसअघि काठमाडौं महानगरपालिकाले खुलामञ्च लगायतका स्थानमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेको थियो ।

निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न मेयर शाक्यको आग्रह

मेयर शाक्यले काठमाडौंका पुरानो बसपार्कलगायतका विभिन्न सार्वजनिक स्थलहरूमा फोहोर, धूलोधुँवा र भीडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सामान्य मापदण्ड समेत पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाउँदै आइरहेको भनी जनस्तरबाटै गुनासो आउने गरेको कुराप्रति ध्यानाकर्षण भएको बताए।
 
प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update