हिमाल दैनिक
यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिए । यही कात्तिक २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भएपछि उनलाई शनिबार अस्पताल भर्ना गरिएको थियो ।
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update