हिमाल दैनिक
भाइटीकाको दिन रानीपोखरी खुल्ने
rani-pokhari
यस वर्षको भाइटीकाको दिन रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुल्ला गरिने भएको छ । सर्वसाधारणलाई प्रवेश मिल्ने गरी मन्दिर खोलिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । हरेक वर्ष भाईटिकाको दिनसर्वसाधारणको लागि खुल्ला हुने बालगोपालेश्वर मन्दिरमा आफ्ना दिदीबहिनी नहुनेहरुले भाइटिका लगाउने परम्परा चलिआएको छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त मन्दिर हालै मात्र पुनर्निमाण सम्पन्न भएको हो । प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर यही महिना रानीपोखरी निर्माण सम्पन्न गरेको हो । प्रताप मल्लकै पालाको ग्रन्थकुट शैलीमा बनेको मन्दिरमा बालगोपाल, शिवलिंग र हरिशंकरी गरी तीन मूर्ति छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात् भाइटीकाको दिन मात्रै खुल्ने गर्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update