हिमाल दैनिक
गाेरखामा नुन १५० रुपैयाँ र चामल २०० रुपैयाँ किलाे
gorkha
राजेन्द्र न्याैपाने: गाेरखा भन्ने वित्तिकै आँवुखैरेनी, तुरतुरे वा बेनिघाट पारी हाे भन्ने धारणा अधिकाँशमा छ । नेपालकाे चाैँथाे ठूलाे जिल्ला रहेकाे गाेरखा जिल्लामा तराइ, पहाड र हिमाल तिनै प्रकारका हावापानी पाइन्छ । गाेरखा जिल्लामा एक किलाेग्राम नुनकाे रु १५० र चामलकाे २०० रुपैयाँ पर्छ भन्दा जाे काेही पनि झट्ट विश्वास गरिहाल्दैनन् । तर जिल्ला सदरमुकामदेखि झण्डै १० दिनसम्म खच्चडमा बाेकेर पुर्याउनुपर्ने बस्तिहरुमा रहेकाे मूल्य यही नै हाे । बजारमा विभिन्न थरिका चामल पाइन्छन थरी थरी मूल्यका । माथिल्लाे क्षेत्रमा २०० पर्ने चामल सदरमुकाममा ६० रुपैयाँ प्रतिकिलाे पाइन्छ । दुवानी खर्चका कारण समान महङ्गाे गाेरखा जिल्लाकाे अन्तराष्ट्रिय सिमा नजिक रहेकाे अन्तिम मानववस्ति भएकाे लार्के बजारमा हाल रहेकाे मूल्यसूची यही नै रहेकाे छ । काेराेना भाइरसका कारण सिमा नाका बन्द भएपछि रुइला नाकाबाट कुनै पनि सामान आउन सकेकाे छैन । गाेरखा सदरमुकामदेखि दुवानी गर्दा महङ्गाे पर्न गएकाे चुमनुब्री गाउँपालिका वडा नम्वर १ का वडा सदस्य समेत रहेका साम्दाेका निमा लामा बताउँछन् । रुइला नाकाबाट समान ल्याउन एक दिन मात्रै लाग्छ तर गाेरखा सदरमुकामबाट साम्दाे, लार्केमा समान पुर्याउन ८ देखि १० दिन लाग्ने गरेकाे खच्चड व्यावसायी कान्छा गुरुङकाे भनाइ छ । भीरकाे बाटाे जाेखिम सहेर हिँड्नुपर्छ । माथिबाट ढुँङ्गा झरिरहन्छ । हिउँ पर्दा र वर्षातकाे समयमा हिँड्न सक्ने अवस्था हुँदैन, उनले भने । समान ल्याउन मनाङबाट सजिलाे गाेरखा सरदमुकामबाट समान ढुवानी गर्दा धेरै दिन लाग्ने र महँगाे पर्ने भएपछि मनाङकाे धारपानी भीमताङ हुँदै दैनिक उपभाेग्य बस्तु ल्याउने गरेकाे साम्दाेका ग्याल्जेन घ्युर्मे लामा बताउँछन् । धारापानी देखि केही माथि सम्म गाडिले ल्याउँछ त्यसपछि खच्चडमा बाेकाएर ल्याउँदा दुइ दिनमा साम्दाे पुग्ने गरेकाे उनले बताए। तल चल्ने खच्चडहरु माथिल्लाे क्षेत्रमा राम्ररी भारी बाेक्न पनि कठिनाइ हुने भएकाले भीमताङ, धर्मशाला हुँदै समान ल्याएकाे उनकाे भनाइ छ । गाउँलेहरुले हिउँदभरीका लागि चाहिने समान एकैपटक ल्याउने गरेकाे उनकाे भनाइ छ । यस पटक पर्यटकहरुकाे आवागमन नभएका कारण अघिल्लाे साल जसरी धेरै समान नआएकाे उनले बताए । सरकारले दिने खाद्यन्न माथिल्लाे क्षेत्र पुग्दैन उत्तरी क्षेत्रका नागरिकहरुका लागि खाद्यन्न वितरण गर्न भनेर जिल्ला सदरमुकाम , माछाखाेला र सिर्दिवासमा डिपाे राखिएकाे छ । सिर्दिवासमा राखिएकाे डिपाेबाट उत्तरका साविक ७ गाविसमा खाद्यन्न र नुन पुर्याउनुपर्ने भएपनि काेटा प्रणालि भएका कारण माथि नपुग्दै तल्लाे क्षेत्रमा नै सकिने गरेकाे स्थानीयहरुकाे गुनासाे छ । सिर्दिवास माथि साम्दाे सम्म केन्द्र पर्ने गरी एउटा खाद्यन्न डिपाे सञ्चालनमा ल्याउने उनीहरुले पटक पटक माग गर्दै आएका छन् । डिपाे सञ्चालन भएपछि सरकारले नुन र चामलका लागि दुवानी अनुदान दिने गर्दछ । सरकारी अनुदानकाे चामल र नुन प्राेक, ल्हाे , सामागाउँ सम्म नपुगेकाे स्थानीय गाउँलेहरुकाे भनाइ रहँदै आएकाे छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update