हिमाल दैनिक
महिलाको अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । २२ बर्षिय महिलालाई जबरजस्ती करणी गरी अश्लिल भिडियो बनाई व्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका-४ का २० वर्षीय अजय महरालाई पक्राउ गरेको हो। कल्याणपुर नगरपालिका-४ बस्ने २३ वर्षीय जितन रामले महिलालाई जबरजस्ती करणी गरेको भिडियो अजयले खिचेको र उक्त भिडियो भिडियो देखाई व्ल्याकमेल गर्दै गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कल्याणपुर सिरहाबाट खटिएको प्रहरीले अजयलाई पक्राउ गरेको हो । आरोपी रामको भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update