हिमाल दैनिक
बालिका मृतावस्थामा फेला
child dead
घाइते एवं अचेतावस्थामा फेला परेकी मकवानपुर, वाग्मती गाउँपालिकाकी चार वर्षीया बालिकाको हेटाँैडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा रगतले लतपत भई घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । बुधबार हराएकी बालिका आज टाउकामा चोटपटक र शरीरभरि रगत बगेको अवस्थामा फेला परेको वडाध्यक्ष दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए । सो घटनामा एक जनालाई पकाउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update