हिमाल दैनिक
अलपत्र परेको बालाजु–ककनी–रानीपौवा सडकमा कालोपत्र
kalo-patra
लामो समयदेखि अलपत्र बनेको बालाजु–ककनी–रानीपौवा सडक कालोपत्रे सुरु भएको छ । विवादित ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले सोमबारदेखि काठमाडौं–नुवाकोट जोड्ने सो सडक अन्तर्गतको मुड्खु–तीनपीप्ले खण्डमा कालोपत्रे सुरु गरेको हो । सोमबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उक्त सडकको स्थलगत अनुगमन गर्नुभयो । सडक कालोपत्रे गर्न अधिकारीको शैलुङ कन्ट्रक्सनलाई निरन्तर ताकेता गरेपछि कालोपत्रे सुरु भएको राज्यमन्त्री मानन्धरले बताए । सडकखण्डको काठमाडौं जिल्लातर्फको सडक कालोपत्रे यो महिनाभित्र सकिने मानन्धरले जानकारी दिए । उनले देशभरिका सडक लगायतका भौतिक विकासका आयोजना निर्माणले अब गति लिने पनि दाबी गरे । उक्त सडक समयमा नै निर्माण नभएपछि यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङ र राज्यमन्त्री मानन्धरसँग पनि नुवाकोटका संघीय सांसद नारायण खतिवडासहितको टोलीले छलफल गरेको थियो ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update