काठमाडौं केन्द्रीय आन्दोलन गरिरहेका सर्लाहीका उखु किसानहरुले आफुहरुको रकम भूक्तानी नभएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका छन् ।
वार्ताका लागि सरकारले पठाएको पत्रको बिहीबार लिखित जवाफ दिदै सर्लाही उखु किसान संघर्ष समितिले उद्योग मन्त्रालयले उद्योगीहरुबाट आफुहरुको भुक्तानी नदिलाएसम्म शान्तिपूर्ण आन्दोलन जारी राख्ने जनाएका हुन् । दुई बुँदे जवाफमा प्रधानमन्त्री राहत कोष वा अन्य कुनै राज्य कोष छ भने उक्त कोषबाट किसानहरुलाई बक्यौता रकम भुक्तानी गर्नुपर्ने र सम्पूर्ण रकम उद्योगीहरुबाट सरकारले व्याजसहित असुल उपर गरि भुक्तानी गर्नुपर्ने जनाइएको छ ।
आफुहरुको सर्त अनुसारको वातावरण नभएसम्म वार्तामा नवस्ने उनीहरुको अडान छ । लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखुकिसानहरुले निरन्तर काठमाडौंको माइतिघरमा धर्ना दिदै आएका छन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले आइतबारलेखि काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् ।
उखु किसानको बक्तौता रकम सात दिन भित्र भुक्तानी गर्ने सरकारलाई निर्देशन
संसदीय समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सात दिन भित्र उखु किसानको बक्तौता रकम भुक्तानी गर्ने व्यवस्था मिलाउन र सोको जानकारी समितिलाई गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको हो ।प्रकाशित मिति: बुधबार, पुस १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय