एसिड आक्रमणबाट पिडित मुस्कान खातुनले इन्टरनेशनल विमेन अफ करेज अवार्ड पाएकी छिन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार अमेरिकी विदेश मन्त्रालयले वीरगन्जकी छपकैयाकी मुस्कान खातुनलाई विमेन अफ करेज अवार्डबाट सम्मानित गर्ने लागिएको हो।
यो अवार्डमा सम्मानित हुने मुस्कान पहिलो नेपाली हुन् । त्यस्तै अवार्ड पाउनेमा मुस्कान संसारकै सबैभन्दा कम उमेरकी ब्यक्ति हुन्। यसअघि यस अवार्ड पाकिस्तानकी नोबेल पुरस्कार विजेता मलाला युसफजाइले पाएकी थिइन। उनलाई मार्च ८ मा अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री एन्टोनी ब्लिङ्कले भर्चुअल कार्यक्रमका मध्यमबाट सम्मानित गरिने राजदुतावासले जनाएको छ। गत बर्ष मुस्कान विद्यालय जाने क्रममा उनिमाथि एसिड आक्रमण भएको थियो। त्यसपछि उनि आफुजस्तै यस आक्रमणबाट पिडित बनेकाहरुको सहयोग गर्दै आइ राखेकी छिन् ।Drumroll please! धेरै-धेरै बधाई। I’m absolutely thrilled to announce tht Nepal’s Muskan Khatun will be receiving the @StateDept’s International Women of Courage Award for her work to end acid attacks. She’ll be the 1st Nepali to win & 1⃣of the youngest awardees ever!🙏 #IWOC2021 pic.twitter.com/gdbO0a4aEq
— Ambassador Randy Berry (@USAmbNepal) March 5, 2021
प्रकाशित मिति: बिहीबार, फागुन २०, २०७७
प्रतिक्रिया दिनुहोस्