सरकारले डा गोविन्द केसीलाई आफ्नो अनसन फिर्ता लिन आग्रह गरेका छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्बजनिक क्रममा सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन्।
ज्ञवालीले भने 'देश यत्रो संकटमा छ। कोरोनाका विरुद्ध जनतालाई जोगाउने अभियानमा जाँदै गर्दा आज मात्रै हामीले एक चिकित्सकलाई गुमाएका छौं। एकातिर चिकित्सकहरु, सुरक्षाकर्मीहरु जनतालाई कसरी जोगाउन सकिन्छ भनेर लागि रहनु भएको छ।'
'यो असामान्य अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हडताल बेला सुहाँउदो विषय हो र? पक्कै पनि होइन्। केही विषय बाँकी छन् भने पछि छलफल गर्न सकिन्छ। मेरो र सरकारको तर्फबाट आग्रह छ, अनसन फिर्ता लिएर हामी कोभिड-१९ विरुद्ध जोडियौ, जनतालाई महारीबाट जौगाऔं। ' उनले बताए । ज्ञवालीले केसीका धेरै माग पुरा भइसकेका र पूरा गर्न बाँकी रहेका मागका विषयमा छलफल गर्न सकिने बताए ।
त्यस्तै उनले कोरोना संक्रमणको दर बढ्दै गएको भन्दै सचेत रहन आम नागरिकलाई आग्रह पनि गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय